
काठमाडौँमा मंगलबार पाकिस्तानद्वारा छैटौँ वर्षको छात्रवृत्ति प्रदानपछि शिक्षा, विज्ञान तथा प्रविधिका सचिव खगराज बराल, नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेद र नेपाल–पाकिस्तान सांस्कृतिक तथा मैत्री संघका अध्यक्ष हिमालय शम्शेर जबरासँग छात्रवृत्ति पाएका छात्रछात्रालगायत । तस्वीर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, २७ चैत – पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा गर्नुभएको उक्त घोषणाबमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै आएको छात्रवृत्तिको संख्यामा समेत दोब्बरले बढोत्तरी गरेको छ । पाँच वर्षयता उक्त दूतावासले वर्षेनी प्राथमिक, माध्यमिक र उच्चमाध्यमिक तहमा अध्ययनरत जेहेन्दार एवं प्रतिभाशाली विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिअन्तर्गत छैटौँ वर्षको छात्रवृत्ति प्रदान कार्यक्रम आज यहाँ सम्पन्न भयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेद र नेपाल–पाकिस्तान सांस्कृतिक तथा मैत्री संघका अध्यक्ष हिमालयशम्शेर जबराले संयुक्त रुपमा छात्रवृत्ति रकम प्रदान गर्नुभयो । सोअनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लासहित ४० जिल्लाका सामुदायिक एवं केही निजी विद्यालयका २५० विद्यार्थीले जनही रु १० हजार पाएका छन् ।
दोलखा, ओखलढुंगा, रामेछाप, गोरखा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, लमजुङ, सोलुखुम्बु, पाल्पा, धादिङ, पर्वत, तनहुँ, स्याङ्जा, धनकुटा, सप्तरी, सर्लाही, सुर्खेत, बर्दिया, कैलाली, डडेल्धुरा, रुकुम दार्चुलालगायत जिल्लाका छात्रछात्रलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
त्यस अवसरमा सचिव बरालले नेपालमा मानव संसाधन विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा पाकिस्तानबाट निरन्तर सहायता प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चमा समान अवधारणा प्रस्तुत गर्दै आएका बताउनुभयो ।
राजदूत जाबेदले पाकिस्तान–नेपाल सम्बन्धलाई थप प्रगाढ तुल्याउने महत्वपूर्ण माध्यमका रुपमा शैक्षिक उन्नयन एवं छात्रवृत्ति हो भन्दै सरकारी निर्णयअनुरुप आगामी वर्षदेखि छात्रवृत्ति सिट र संख्या शतप्रतिशतले वृद्धि गरिएको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]