काठमाडौँ-हतियारसहित गौशालाबाट पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई पुर्पक्षका लागि सोमबार जेल चलान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई डिल्लीबजार कारागारमा चलान गरेको हो ।
परिसरका प्रवक्ता मोहन थापाले गत फागुन ३० गते हातहतियारसहित पक्राउ परेका लामालाई अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालयले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेअनुसार डिल्लीबजार कारागार पठाइएको जानकारी दिए ।
लामालाई दुई पटकसम्म म्याद थप गरी अनुसन्धान गरिएको थियो । हातहतियार तथा खरखजना ऐनअन्तर्गत ६ महिनादेखि एक वर्षसम्म कैद तथा रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
लामामाथि विसं २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनीलाई गत माघमा अदालतले सफाइ दिएको थियो ।
लामा नेपाली काँग्रेस काभ्रे क्षेत्र नं १ प्रदेश (ख) बाट प्रदेशसभाका उम्मेदवारसमेत थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता