काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय हित र अखण्डतालाई केन्द्रमा राखेर आफूले भारतसँग केही समझदारी गरेको बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको पांचौं वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले देश र जनतालाई समृद्ध बनाउन भारतसँग गरिएको समझदारीबाट कृषि, रेलमार्ग र जलमार्गमा नयाँ आयाम थप हुने बताए । काठमाडौँ–रक्सौल रेलमार्गलाई चाँडो बनाउन नेपाल र भारत दुवै मुलुकबाट छिट्टै अध्ययन हुने बताउँदै उनले अब नेपालको राष्ट्रिय झण्डा राखेर पानीजहाज चलाउने सोचका साथ सरकार गृहकार्यमा रहेको जानकारी दिए ।
सरकारले व्यवसायीको लगानी सुरक्षा गर्ने बताउँदै प्रधानमन्त्री ओलीले पूर्वाधार विकास गरी रोजगारी वृद्धि गर्ने र जनताको आयस्तर बढाउने योजना सुनाए । “देशमा कडा कानूनको व्यवस्था गरी कुनै पनि क्षेत्रमा अनियमितता गर्नेलाई दण्डित गरिने छ”, उनले भने ।
सभामा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले वस्तु तथा सेवा निर्यात नगर्दासम्म मुलुकमा विदेशी विनिमय सिर्जना हुन नसक्ने भएकाले सुनको आयातमा केही नियन्त्रण गर्नुपरेको बताउँदै पछिल्लो समयमा यसको अत्याधिक वृद्धि हुँदै गएकामा चिन्ता व्यक्त गरे ।
महासंघका अध्यक्ष मोहन सुनारले देशभर करीब २५ हजार व्यवसायी सो व्यवसायमा संलग्न रहेको जानकारी दिए ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान