विराटनगर-प्रहरीले हिन्दु धर्मगुरू बालसन्त श्रीनिवास आचार्यलाई गोली प्रहार गरेको आशंकामा आइतबार दुई जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१४ बाट पक्राउमा परेका ती दुई जनासँग सोधपुछ भइरहेकाले नाम गोप्य राखिएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराए । आचार्यमाथि गोली प्रहार भएलगत्तै मोरङमा प्रहरीले खोज अभियानलाई तीव्रता दिएको थियो ।
विराटनगर–१४ स्थित जतुवामा गएराति १.४५ बजे शौचका लागि कोठाबाट बाहिर निस्कनासाथ आचार्यमाथि गोली प्रहार भएको थियो । दाहिने कुममा गोली लागेको उनको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको बताइएको छ । घटनास्थलमा मङ्गोल अर्गनाइजेशनको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
सुनसरीको चकरघट्टीस्थित लक्ष्मी बैंकटेश मन्दिरका ५० वर्षीय आचार्य आजदेखि विराटनगर–१४ स्थित रामजानकी मन्दिरमा श्रीमद्भागवत पुराण वाचनका लागि आएका हुन् ।
आचार्यको स्वास्थ्य अवस्था बुझ्न १ नं प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीसहित सुरक्षा निकायका प्रमुख न्यूरो अस्पताल पुगेका थिए ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]