काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तकसहित विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने भएको छ ।
मन्त्रालयले स्थानीय तहलाई आगामी शैक्षिक सत्रका लागि विद्यार्थी अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।
आगामी वैशाख २ गते सबै स्थानीय तहका पदाधिकारी, वडाअध्यक्ष, सदस्यसहित कर्मचारीलाई अघिकतम विद्यार्थी विद्यालयमा भर्ना गर्नका लागि विद्यालय भर्ना सञ्चालन गर्नका लागि निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी गराए ।
विद्यालय तहको शैक्षिक तथ्याङ्क २०७४ अनुसार प्राथमिक तहमा ५–९ वर्ष २ दशमलब ८ प्रतिशत र कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका ७ दशमलब ७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले स्थानीय तहलाई विद्यालय भर्ना अभियान सञ्चालन गर्न निर्णय गरेपछि निर्देशन दिइएको उनले बताए ।
संविधानको अनुसूची ८ मा आधारभूत र माध्यामिक शिक्षाको व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएअनुसार नै पहिलो पटक स्थानीय तहले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न थालेको हो ।
साथै स्थानीय तहका कर्मचारीलाई वैशाख महिनाको एक दिन विद्यालयमा विद्यार्थीसँग विभिन्न क्रियाकलापमा सहभागिता जनाउन, स्थानीय तहल विद्यार्थी भर्नाकै क्रममा पाठ्यपुस्तक उपलब्ध गराउन, पूर्ण भर्ना अभियान सफल पार्न नीतिगत तथा कार्यक्रमगत रुपमा व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।
विज्ञप्तिमा विद्यालय शिक्षाबाट वञ्चित रहेका बालबालिकालाई विशेष कार्यक्रममार्फत भर्ना गराउन, शिक्षासम्बन्धी राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र सम्भव भएसम्म शिक्षकको इ–हाजिरी गराउन पनि निर्देशन दिइएको छ ।
यस वर्षको भर्ना अभियानका लागि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ आदर्श वाक्य तय गरिएको छ ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?