काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तकसहित विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने भएको छ ।
मन्त्रालयले स्थानीय तहलाई आगामी शैक्षिक सत्रका लागि विद्यार्थी अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।
आगामी वैशाख २ गते सबै स्थानीय तहका पदाधिकारी, वडाअध्यक्ष, सदस्यसहित कर्मचारीलाई अघिकतम विद्यार्थी विद्यालयमा भर्ना गर्नका लागि विद्यालय भर्ना सञ्चालन गर्नका लागि निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी गराए ।
विद्यालय तहको शैक्षिक तथ्याङ्क २०७४ अनुसार प्राथमिक तहमा ५–९ वर्ष २ दशमलब ८ प्रतिशत र कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका ७ दशमलब ७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले स्थानीय तहलाई विद्यालय भर्ना अभियान सञ्चालन गर्न निर्णय गरेपछि निर्देशन दिइएको उनले बताए ।
संविधानको अनुसूची ८ मा आधारभूत र माध्यामिक शिक्षाको व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएअनुसार नै पहिलो पटक स्थानीय तहले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न थालेको हो ।
साथै स्थानीय तहका कर्मचारीलाई वैशाख महिनाको एक दिन विद्यालयमा विद्यार्थीसँग विभिन्न क्रियाकलापमा सहभागिता जनाउन, स्थानीय तहल विद्यार्थी भर्नाकै क्रममा पाठ्यपुस्तक उपलब्ध गराउन, पूर्ण भर्ना अभियान सफल पार्न नीतिगत तथा कार्यक्रमगत रुपमा व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।
विज्ञप्तिमा विद्यालय शिक्षाबाट वञ्चित रहेका बालबालिकालाई विशेष कार्यक्रममार्फत भर्ना गराउन, शिक्षासम्बन्धी राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र सम्भव भएसम्म शिक्षकको इ–हाजिरी गराउन पनि निर्देशन दिइएको छ ।
यस वर्षको भर्ना अभियानका लागि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ आदर्श वाक्य तय गरिएको छ ।
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित