
लण्डन- कार्यक्षेत्रमा महिलाप्रति विभेद रहेको पुष्टि गर्दै बेलायतमा सञ्चालनमा रहेका हरेक १० व्यवसायिक फर्म तथा सार्वजनिक क्षेत्रमा कार्यरत निकायमध्ये झण्डै आठ कम्पनीले महिलाभन्दा पुरूषलाई बढी पारिश्रमिक दिने गरेको बिहीबार सार्वजनिक एक तथ्याङ्कले खुलासा गरेको छ ।
कुनैपनि कम्पनी वा फर्म जसमा २५० भन्दा बढी कामदार रहेका छन्, तिनीहरूमा पारिश्रमिकमा लैङ्गिक विभेद छ वा छैन पुस्टि हुनेगरी ‘सरकारी समरूपता कार्यालय’ मा विवरण बुझाउनुपर्ने कानून प्रधानमन्त्रीको पहलमा ल्याइएको थियो ।
यसै कानून अनुसार बुधबार मध्यरातसम्म १० हजार १५ व्यवसायिक कम्पनीले तथ्याङ्क उपलब्ध गराएका छन् ।
तथ्याङ्क नबुझाएका कम्पनी तथा फर्मलाई कानून अनुसार कारबाही गरिने उक्त कार्यालयले जनाएको छ ।
प्राप्त तथ्याङ्क अनुसार झण्डै ७८ प्रतिशत व्यवसायिक फर्म तथा कम्पनी तथा सार्वजनिक क्षेत्रमा कार्यरत संस्थाले महिला कामदारलाई भन्दा पुरुष कामदारलाई बढी पारिश्रमिक दिने गरेको पाइएको हो ।
यद्यपि १४ प्रतिशतले भने पुरुषलाईभन्दा महिलालाई बढी पारिश्रमिक दिने गरेको प्रतिक्रिया दिएका र आठ प्रतिशतले पारिश्रमिक दिँदा कुनै लैङ्गिक विभेद नगरेको जनाएका छन् ।
तथ्याङ्क अनुसार औषतमा महिला र पुरुषबीचको पारिश्रमिकमा १२ प्रतिशतको फरक पाइएको छ ।
प्रधानमन्त्री टेरेजा मेले यसै हप्ता पारिश्रमिकमा रहेको लैङ्गिक विभेद अन्त्य गरिने बताउनुभएको थियो ।
बेलायतको इतिहासमा मार्गरेट थ्याचरपछि दोस्रो महिला प्रधानमन्त्रीका रूपमा कार्यरत मेले पारिश्रमिकमा गरिने असमानता हटाउन चाहेको देखिन्छ ।
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?