काठमाडौँ-एमाले र माओवादी केन्द्रको बिहीबारको पार्टी एकता संयोजन समितिको बैठकले आगामी वैशाख ९ गते एकता घोषणा गर्न प्राप्त सुझावलाई सकारात्मकरुपमा लिँदै त्यसको तयारी गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मंगलबारको संयोजन समितिको बैठकमा पेश भएको सांगठनिक र वैचारिक कार्यदलका प्रतिवेदनमाथि छलफल प्रारम्भ गर्दै घोषणाको तयारीमा लाग्ने निर्णय गरेको हो ।
समितिका सदस्य केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली भारत भ्रमणबाट फर्केलगत्तै संयोजन समितिको बैठक गरेर प्रतिवेदन पूर्ण अध्ययन गरी मिलाउन बाँकी विषयमा टुंगो लगाइने जानकारी दिए ।
नेता श्रेष्ठले उक्त मितिमा एकता घोषणा गर्ने सुझावलाई सकारात्मकरुपमा लिँदै त्यसका लागि आ–आफ्नो पार्टीमा तयारी गर्ने सहमति भएको संवाददाताहरूलाई जानकारी दिए । एमालेले एकताको तयारीका लागि आउँदो वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
दूवै कार्यदलले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन आउँदो वैशाख ९ मा एकता गर्न सुझाव दिएका थिए । दुई दलबीच चुनाव चिह्न, जनयुद्ध शब्दावली, पद बाँडफाँडको आधारजस्ता विषय मिलाउन बाँकी छ ।
गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले एकता प्रक्रिया थालेका हुन् ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?