लन्डन । बेलायती राजकुमार हयारी र अमेरिकी नायिका मेगान मर्केलबीच आउंदो मे १९, शनिबार विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा बिवाह हुने तयारी छ । बिवाह समारोह नजिकिंदै गर्दा विश्वले यसलाई चासोपूर्वक हेरिरहेको छ ।
हयारी र मेगानले गत नोभेम्बरमा आफ्नो बिवाह योजना सार्वजनिक गरेका थिए ।
बेलायती महारानी एलिजावेथ द्वितियको निवास विन्सोर क्यासल विश्वमै पुरानो मानिन्छ जहां रानी प्रायः सप्ताहन्त यहीं बिताउंछिन् । यही क्यासलबाट राजकुमार हयारीले लगनगांठो कस्दैछन् ।
करिब ८ सय जना अट्ने सेन्ट जोर्जेज च्यापल सजाउने जिम्मा फुल व्यापारी फिलिपा क्रयाडोकलाई दिइएको छ ।
बैवाहिक समारोहमा २६ सय भन्दा बढिलाई निमन्त्रणा गरिनेछ । बिहे समारोह र लन्च रिसेप्सनको औपचारिक निम्तो पठाइसकिएपनि अतिथीहरुको नाम भने गोप्य राखिएको छ । विन्सोर क्यासलमा अतिथीबाहेक एक लाख भन्दा बढि सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको छ ।
थेम्स भ्याली प्रहरीले समारोहको सुरक्षा जिम्मा लिएको छ । प्रहरीले यो सुरक्षा प्रवन्ध आफ्नो इतिहासमै पहिलो वृहत भनेको छ । स्नाइपरसहित तारबार घेरा, प्रत्येक सवारी साधन र झोला जांच र विमानस्थलकै सरह स्क्यानरले आगन्तुकहरुको खानतलासी गरिने छ । बिहे समारोहमा सुरक्षा प्रदान गर्न मात्र ३० मिलियन पाउण्ड (४ अर्ब रुपैयां भन्दा बढि) खर्च हुने बेलायती अखबारहरुले उल्लेख गरेका छन् । राजपरिवारले चर्च सर्भिससहित बिहे समारोह, संगीत, फुल र रिसेप्सनको खर्च बेहोर्ने पक्का भएको छ तर सुरक्षा खर्च भने करदाताकै पैसामा हुनेछ ।
सन् २०११, अप्रिलमा हयारीका दाई प्रिन्स विलियम र केट मिडलटनको बिहेमा २० मिलियन पाउण्ड तथा सन् १९८१ मा हयारीका बाबु प्रिन्स चाल्स र डायना स्पेन्सरको बैवाहिक समारोहमा सुरक्षाका लागि १२ मिलियन पाउण्ड खर्च भएको थियो ।
सुरक्षा प्रवन्धका लागि स्कटल्याण्ड यार्डसंग आवद्ध चारहजार दुई सय प्रहरीको बिदा समेत रद्द गरिएको छ । थेम्स नदी वरपर तालिमप्राप्त कुकुर र घोडाबाट गस्ती हुनेछ भने आधुनिक हतियारले सुसज्जित विशेष युनिट समेत खानतलासीमा खटिनेछ । नेशनल पुलिस एयर सर्भिसले पनि सुरक्षामा साथ दिनेछ । फस्ट बटालियन आइरिस गार्डस, रोयल नेभी, रोयल मरिन, थ्री रेजिमेन्ट आर्मी एयर कप्स, रोयल गोर्खा राइफल्स र आरएएफ होनिङटन कर्मचारी पनि समारोहमा खटिने जनाइएको छ ।
प्रहरीले आफ्ना साझेदार, स्थानीय व्यापारिक प्रतिष्ठान र समुदायसंग मिलेर समारोह सुरक्षित र हर्षोल्लासमय बनाउने बताएको छ । प्रहरीले विगतमा अपराधमा संलग्न भएका वा चोरीका गाडी छुटयाउन अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपिआर) प्रविधि, एचभिएम ब्यारियर र सिसिटिभी समेत प्रयोग गरिने जनाएको छ ।
मे १९ कै दिन अंग्रेजी खेल इभेन्टको सबैभन्दा वृहत एफए कप फाइनल हुंदैछ । प्रिन्स विलियम फुटबल एसोसिएसन (एफए) को अध्यक्ष भएकाले उक्त समारोहमा विलियम ट्रफी प्रदान गर्न जाने नजाने अहिलेसम्म निश्चित भइसकेको छैन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च