काठमाडौँ, २१ चैत – नेकपा (एमाले) संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुनुभएको छ ।
दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले दलका प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई जिम्मेवारी दिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न भारत भ्रमण तथा नेकपा (माओवादी केन्द्र) सँगको एकताबारे जानकारी गराएको सचेतक चौधरीले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठक वैशाख ७ मा
एमालेको आजको स्थायी कमिटी बैठकले पार्टी एकताबारे औपचारिक निर्णय गर्न आगामी वैशाख ३ गते पोलिटब्यूरो र ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । निर्वाचनदेखि वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन बुझाइएको थियो ।
प्रतिवेदनमा नेकपा स्थापना दिवस वैशाख ९ मा एकता गर्न सुझाव दिइएको छ । एकताको मिति र कार्यदलले मिलाउन बाँकी विषयमा छलफल गर्न बिहीबार एकता संयोजन समितिको बैठक बस्दैछ ।
गत फागुन ७ मा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले सहमति गरेका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै