लन्डन – बेलायतको राजधानी लन्डनमा न्युयोर्कभन्दा बढि हत्या श्रृंखलाको नयां तथ्यांक सार्वजनिक भएको छ । कुनै बेला दैनिक सरदर ६ जना मारिने अमेरिकी शहर भन्दा लन्डन अझ बढि असुरक्षित देखिएको हो ।
सन्डे टाइम्सले बेलायत र अमेरिकाको अपराध दर तुलना गर्दै यूके राजधानीमा आधुनिक इतिहासमै पहिलोपटक बढि हत्या भएको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । यो वर्षमात्र लन्डनमा ४८ जनाको हत्या भइसकेको प्रहरीले जनाएको छ ।
लन्डन र न्युयोर्कको जनसंख्या लगभग समान (करिब ८५ लाख) छ । सन् १९९० मा न्युयोर्कमा दैनिक ६ जना अर्थात वर्षभर कुल दुई हजार २ सय ४५ जनाको हत्या भएको थियो । पछिल्लो हत्या श्रृंखला हेर्दा लन्डनले न्युयोर्कलाई उछिनेको विश्लेषण गरिएको छ ।
सन् २०१८ मा लन्डनमा तीन दिनबीचमा एकजनाको अनुपातमा छुरा प्रहार गरि हत्या भएको छ । लन्डन मेट्रोपोलिटन पुलिसले गत फेब्रुअरीमा मात्र १५ जनाको हत्या भएको पुष्टि गरेको छ जब कि त्यही महिना न्यूयोर्कमा ११ जना मारिएका न्युयोर्क पुलिस डिपार्टमेन्टको तथ्यांक छ । मार्चमा लन्डनमा २२ जनाको हत्या भयो भने न्युयोर्कमा २१ जनाले ज्यान गुमाए । तर, यस वर्षको पहिलो महिना जनवरीमा भने लन्डनमा ८ जनाको हत्या हुंदा न्युयोर्कमा १८ जना मारिएका थिए ।
सन्डे टाइम्सका अनुसार, यस वर्षको पहिलो तीन महिना (मार्चसम्म) लन्डनमा ४५ जनाको हत्या भएको छ । यही अनुपातमा हत्या श्रृंखला जारी रहने हो भने सन् २०१८ भर नरसंहारको संख्या १८० जना पुग्नेछ जुन सन् २००५ मा १८१ जना थियो । लन्डनमा सन् २०१३ मा एकसय एक जना र सन् २०१४ मा ९३ जनाको हत्या भएकामा गत वर्ष ११६ जना शिकार भए जुन करिब २५ प्रतिशत वृद्धि हो ।
पछिल्लो महिनामा लन्डनमा अपराधिक क्रियाकलाप बढे पनि विगतमा भने न्युयोर्कमा बढि रहेको देखिन्छ । गत वर्ष लन्डनमा ११६ जनाको हत्या भएको थियो भने न्युयोर्कमा २९० जनाले ज्यान गुमाएका थिए । लन्डनमा बढिरहेको हत्या दरप्रति बेलायती राजनीतिज्ञ र प्रहरीले गम्भीर चिन्ता व्यक्त गरेका छन् । छुरा प्रहारबाट बढि हत्या भएको पाइएको छ । यस वर्ष ४८ हत्यामध्ये ३१ जनाको छुरा प्रहार गरि हत्या गरिएको थियो ।
लन्डनमा हत्या बढिरहंदा अहिले लन्डन मेयर सादिक खानमाथि राजिनामाको दवाव समेत बढेको छ । प्रतिपक्षी लेबरबाट जितेका मेयर खानले गत आइतबार टवीट गर्दै सत्तारुढ कन्जरभेटिभ सरकारले हजारौं प्रहरी कटौती गरेपछि यस्तो अवस्था आएको दोष लगाएका थिए । तर, प्रधानमन्त्री टेरेजा मेले खानलाई यस मुद्दा आफैं सल्टाउन र मेट्रोपोलिटन पुलिसको कार्यसम्पादनप्रति मेयर नै जिम्मेवार हुनुपर्ने भनि दबाब दिएको बेलायती अखबार द सनले उल्लेख गरेको छ ।
बेलायतको गृह मन्त्रालयले खतरनाक हतियारमाथि थप प्रतिवन्ध लगाउनेबारे परामर्श गरिरहेको बताइएको छ । घरमै चक्कु उपलव्ध गराउने अनलाइन स्टोरहरुलाई प्रतिवन्ध र नियन्त्रण गर्न थप कानुन ल्याउन सरकारले गृहकार्य गरिरहेको समाचारमा उल्लेख छ ।
पछिल्लो अपराधिक क्रियाकलापमा नेपालीको संलग्नता भने थाहा नभएको लन्डनस्थित नेपाली दूतावासको प्रतिक्रिया छ ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा