काठमाडौँ, २१ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न मित्रराष्ट्र भारतको भ्रमण सद्भावना भ्रमण भएको बताउनुभएको छ ।
बालुवाटारमा आज पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारत भ्रमण देशको हितका लागि हुनेसमेत स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसपालिको भ्रमणमा कुनै सन्धि सम्झौता हुँदैनन्, देशको अहितमा कुनै काम गरिँदैन, विगतका सन्धि सम्झौता कार्यान्वयनमा जोड दिइने छ ।” प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारतको भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
सो अवसरमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलाराज रेग्मीको उपस्थिति थियो ।
पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिनुभएको थियो । नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँहरुले पुरानो मानसिकता राखेर २१औँ शताब्दीको सम्बन्ध विकास गर्न नसकिने धारणा राख्नुभएको थियो ।
पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थिर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ । उहाँले थप्नुभयो, “नेपाल–भारत सम्बन्ध भाइ–भाइको हैन, मित्र–मित्र जस्तो हुनुपर्छ ।”
पूर्व प्रधानमन्त्री दाहालले संविधान निर्माण र नाकाबन्दीका बेला अप्ठ्यारोमा परेको नेपाल–भारत सम्बन्ध अहिले सुधार भएको उल्लेख गर्दै भन्नुभयो, “भारतलाई हामीले संविधान कार्यान्वयनमा गइसक्यो, खास समस्या छैन भनेर बुझाउनुपर्छ ।”
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेको उच्च व्यापार घाटालाई कम गराउने विषयमा छलफल केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल