काठमाडौँ-काठमाडौँमा प्रति वर्ष बलात्कारका घटना बढ्दै गएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरले आज यहाँ आयोजना गरेको कार्यक्रममा चालु आर्थिक वर्षको चैतसम्म ८९ बलात्कारको घटना घटेको जानकारी दिएको हो ।
परिसरले दिएको जानकारीअनुसार आव २०७१/७२ मा ९२, २०७२/७३ मा ९९ र २०७३/७४ मा ११२ जबर्जस्ती घटना भएका छन् । कार्यक्रममा परिसरका प्रहरी नायब उपरीक्षक मोहन थापाले पछिल्लो समय महिला तथा बालबालिकाविरुद्ध हुने अपराध उल्लेख्यरुपमा वृद्धि भएको बताए ।
उनले जबर्जस्ती करणीका घटनामा प्रहरी कर्मचारीसमेत गम्भीर हुन नसकेको उल्लेख गरे । जनसंख्या वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, उच्च जीवनशैलीको चाहना, कानून कार्यान्वयनमा फितलोपन र सांस्कृतिक विचलनजस्ता कारणले जबर्जस्ती करणीका घटना बढिरहेको प्रहरीले जनाएको छ । साथै, लागुऔषध दुव्यर्सनीका घटनामा वृद्धि भएको प्रहरीको भनाइ छ ।
परिसरका प्रमुख विश्वराज पोखरेलले महिला तथा बालिकामाथि जबर्जस्ती करणीका घटनाको बढ्दो वृद्धि दरलाई न्यूनीकरण गर्न आम नागरिकको सहभागितामा कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । “जबर्जस्ती करणीको घटनालाई न्यूनीकरण गर्न प्रहरीको मात्रै प्रयास पर्याप्त हुँदैन, यसका लागि आम नागरिकको सहयोग अनिवार्य हुन्छ”, उनले भने ।
जबर्जस्ती करणी सम्बन्धमा गाउँगाउँ, टोलटोल र विद्यालयमा अभियान सञ्चालन गर्न सके घटनामा कमी आउने उनको भनाइ थियो । परिसरले जबर्जस्ती करणीका सम्बन्धमा थप अध्ययन र अनुसन्धानका लागि अल्पकालीन योजना निर्माण गर्ने जनाएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा