काठमाडौँ-राष्ट्रियसभाको मंगलबारको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ लाई सर्वसम्मतले स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यसअघि बैठकमा उक्त प्रस्ताव प्रस्तुत गर्दै चिकित्सा शिक्षा क्षेत्रमा देखिँदै आएको विकृति र विसंगतिलाई अन्त्य गर्न अध्यादेश ल्याइएको बताए ।
उनले मुलुकमा विकासको अवधारणालाई सन्तुलित तुल्याउन ल्याइएको अध्यादेशबाट शिक्षा क्षेत्रमा दूरगामी महत्व रहेको धारणा व्यक्त गरे ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रियसभाको पहिलो अधिवेशन आजै राति १२ देखि अन्त्य भएको जानकारी दिए ।
फागुन २१ गते पहिलो बैठक बसेको राष्ट्रियसभा नौ दिन दश पटक सञ्चालन भएकामा सात घण्टा २० मिनेट चलेको जानकारी दिइयो ।
यो अवधिमा राष्ट्रियसभाले अध्यक्ष र उपाध्यक्षको चयन गर्नुका साथै बैठक सञ्चालनसम्बन्धी अन्तरिम नियमावली पारित गरेको थियो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?