काठमाडौँ-राष्ट्रियसभाको मंगलबारको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ लाई सर्वसम्मतले स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यसअघि बैठकमा उक्त प्रस्ताव प्रस्तुत गर्दै चिकित्सा शिक्षा क्षेत्रमा देखिँदै आएको विकृति र विसंगतिलाई अन्त्य गर्न अध्यादेश ल्याइएको बताए ।
उनले मुलुकमा विकासको अवधारणालाई सन्तुलित तुल्याउन ल्याइएको अध्यादेशबाट शिक्षा क्षेत्रमा दूरगामी महत्व रहेको धारणा व्यक्त गरे ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रियसभाको पहिलो अधिवेशन आजै राति १२ देखि अन्त्य भएको जानकारी दिए ।
फागुन २१ गते पहिलो बैठक बसेको राष्ट्रियसभा नौ दिन दश पटक सञ्चालन भएकामा सात घण्टा २० मिनेट चलेको जानकारी दिइयो ।
यो अवधिमा राष्ट्रियसभाले अध्यक्ष र उपाध्यक्षको चयन गर्नुका साथै बैठक सञ्चालनसम्बन्धी अन्तरिम नियमावली पारित गरेको थियो ।
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल