काठमाडौँ, २० चैत – मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणलाई स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले यही चैत २३ देखि २५ गतेसम्म भ्रमण हुन लागेको प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
बैठकले चिकित्सा शिक्षासम्बन्धी तथा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगसम्बन्धी प्रतिस्थापन गर्ने विधेयक आजै संसद्मा टेबल गर्ने निर्णय गरेको छ । भुक्तानी प्रणाली व्यवस्थित गर्न आवश्यक भुक्तानी तथा फछ्र्योट विधेयकबारे सैद्धान्तिक अवधारणाको अर्थ मन्त्रालयको प्रस्तावलाई स्वीकार गर्ने निर्णयसमेत बैठकले गरेको छ । विधेयक तयारी सहजीकरण समितिमा पूर्वकानून सचिव कमलशाली घिमिरेलाई नियुक्त गर्ने निर्णय भएको छ ।
खानेपानी परियोजनाका लागि एशियाली विकास बैंकको रु एक अर्बको अनुदान रकम स्वीकार गर्ने निर्णय बैठकले गरेको छ । नेपालको संविधानअनुसार जिल्ला शिक्षा कार्यालयहरु यही चैत २८ गतेदेखि नरहने व्यवस्था भएकामा मन्त्रिपरिषद् बैठकले हाल परीक्षा चलिरहेको हुँदा अन्तरिम व्यवस्थाका रुपमा जिल्ला समन्वय एकाइ स्थापना नभएसम्म २०७५ साल असार समान्तसम्म स्वीकृत बजेट कार्यक्रमभित्र रहेर कार्यालय रहने व्यवस्था गर्ने निर्णय गरेको छ ।
दिगो विकासको लक्ष्यअनुरुप अमेरिकी सरकारको करीब ५० करोड डलरको सहयोगमा सडक, यातायात सञ्चालन र विद्युत्को ट्रान्समिसन लाइनसम्बन्धी काम गर्न नेपाल विकास समिति गठन गरिने निर्णय भएको सञ्चार राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल