काठमाडौँ- खानी तथा भूगर्भ विभागले १२६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको आठ महिनामा मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृत प्रदान गरेको हो ।
मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङ्गा ४९ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ ।
यस्तै अनुमति प्रदान गरिएकामा टुर्मालिन टल्क १४, कोइला १४, टुर्मालिन १२, क्वार्ज चार, काइनाइट आठ, मार्वल तीन, रातोमाटो तीन, फलाम दुई, जिंक एक, क्वार्जजाइट १०, म्याग्नेसाइट एक, डोलोमाइट एक र क्याल्साइट एक खानी रहेका छन् ।
खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले चुनढुङ्गा उत्खननका लागि धेरै आवेदन परेको र सोहीअनुसार उत्खननका लागि अनुमति प्रदान गरेको जानकारी दिए । “नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्याधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्वपूर्ण कच्चा पदार्थ चुनढुङ्गाको उत्खनन बढेको हो”, उनले भने ।
विभागले उत्खनन अनुमतिपत्र प्राप्त गरेका पाँच कम्पनीलाई उत्खनन कार्य समयमा शुरु नगरेको भन्दै रद्द गरेको छ । नेपालको महाभारत पर्वत क्षेत्रमा धेरै चुनढुङ्गा खानी रहेका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता