चितवन-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताएका छन् ।
भरतपुर विमानस्थलमा सोमबार संवाददाताहरूसँग कुराकानी गर्दै उनले भने, “पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन भन्न खोजिएको मात्रै हो । बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको हो ।”
यसले पार्टी एकतामा अप्ठ्यारो पर्ने स्थिति नभएको बताउँदै उनले एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिने स्पष्ट गरे । प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता सम्भव नभएको बताउँदै अध्यक्ष दाहालले कार्यदलले दिएको प्रतिवेदनअनुसार नै आगामी वैशाख ९ गते पार्टी एकता हुने ठोकुवा गरे ।
अध्यक्ष दाहालले मंगलबार पार्टी एकता संयोजन समितिको बैठकमा दुई वटै कार्यदलको प्रतिवेदन औपचारिक ढंगले प्रस्तुत हुने जानकारी दिँदै उहाँले संयोजन समितिमा मंगलबारदेखि नै प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि छलफल शुरु हुने बताए ।
फरक प्रसंगमा उनले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा केही छलफल भएको बताउँदै भने, “यस बारेमा पनि मंगलबार संयोजन समितिमा छलफल हुन्छ ।”
संवाददाताहरूले “तपाईंको सम्पर्क कार्यालयमा नेकपाले वारेन्ट पूर्जी जारी गरेको छ नि ?” भन्ने प्रश्नमा अध्यक्ष दाहालले भने, “यो वाहियात कुरा हो, जवाफ दिन चाहन्न ।”
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने