
लमजुङ दोर्दी खोलामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजनाको मुख्य सुरुङ हिजो (आइतबार) शिलान्यास गरेपछि निर्माण कार्य शुरु गरिएको छ । तस्बिर – सन्देश पौडेल, रासस
दोर्दी, लमजुङ, १९ चैत – बाह्र मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ । आयोजनाको मुख्य सुरुङको शिलान्यास गरी आइतबारदेखि निर्माण कार्य शुरु भएको हो ।
करीब रु दुई अर्बको लागतमा निर्माण हुन लागेको सो आयोजना दुईवर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना प्रमुख उज्ज्वल सिलवालले बताउनुभयो ।
आयोजनामा सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, कैलाश विकास बैंकसँग ऋण सम्झौता भएको छ । आयोजनामा लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) र पब्लिक शेयरबाट संकलित रकमको लगानी छ ।
दोर्दी खोला जलविद्युत् कम्पनी लिको प्रवद्र्धनमा बन्ने यो आयोजनामा दुई हजार ५०० मिटर लामो सुरुङ निर्माण हुनेछ भने ७०० मिटर पाइपलाइन रहने बताइएको छ ।
आयोजनाको ठेकेदार कम्पनी माउन्टेन इन्फ्लाले सुरुङ र सिभिल वर्कको जिम्मा लिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त