काठमाडौँ-गृहमन्त्री रामबहादुर थापाले कारागारभित्रका विकृति र विसंगतिलाई हटाउन निर्देशन दिएका छन्। आइतबार कारागार व्यवस्थापन विभागको निरीक्षणपछि विभागका कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले कारागार सुधारमा उपलब्धि र परिणाम निस्कने गरी काम गर्न निर्देशन दिए ।
कारागारभित्र विभिन्न किसिमका विकृति र विसंगति रहेकाबारे आफू जानकार रहेको भन्दै त्यो सच्याउन उनले निर्देशन दिए । “केही कैदीलाई कारागारबाट राति ठमेलको दोहोरी साँझमा लैजानेदेखि घुमाउन विभिन्न ठाउँसम्म लैजाने गरेकोसम्म ‘रिपोर्ट’ आएको छ, त्यस्तो कार्यमा संलग्नलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुहोस्,” थापाले भने ।
जेलरसँगको मिलेमतोमा जेलभित्रका केही चौकीदार, नाइके, भाई नाइकेले अन्य बन्दीलाई दुःख दिने गरेको गुनासो सुनिएको भन्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई तत्काल जेल सरुवा गरी त्यसको जानकारी मन्त्रालयलाई दिन उनले निर्देशन दिए ।
कारागारलाई यातना गृहका रुपमा नभई सुधार गृहका रुपमा विकास गर्न आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ छ । अपराधी कारागारमा आएपछि असल नागरिकका रुपमा रुपान्तरण भएर जाउन् भनेर ध्यान दिन आवश्यक रहेकोमा उनले जोड दिए ।
आफूले कारागार सुधारलाई प्राथमिकता दिएर काम गरेको भन्दै कैदीको सिदाबापतको रकम बढाउनेदेखि निर्माणाधीन कारागारलाई छिटो निर्माण सम्पन्न गर्नेसम्मको कामलाई मन्त्रालयले अघि बढाएको मन्त्री थापाले जानकारी दिए ।
विभागका निर्देशक कृष्णप्रसाद आचार्यले कारागार सुधारसम्बन्धी कार्ययोजनाको खाका प्रस्तुत गरेका थिए ।
गत हप्ता विभिन्न कारागारको निरीक्षणलगत्तै गृहमन्त्री थापाले कारागार सुधार योजना एक हप्ताभित्र तयार पार्न निर्देशन दिएका थिए ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै