जापानका बहुराष्ट्रिय कम्पनी नेपाल आउन इच्छुक

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग शिष्टचार भेट गर्नुहुँदै नेपालका लागि जापानी राजदूत मासासी ओगावा । तस्बिर- हरि लामिछाने, रासस

काठमाडौँ, १६ चैत – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग आज भएको शिष्टाचार भेटमा नेपालका उत्पादनलाई जापानी बजारमा सहज पहुँचका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ ।

मन्त्री यादवको सचिवालयमा आज भएको भेटवार्तामा मन्त्री यादवले जापान सरकारको सहयोगमा सञ्चालनमा आएको उदयपुर सिमेन्ट कारखानाको स्तरोन्नति र कृषि क्षेत्रको आधुनिकीकरणका लागि जापान सरकारको सहयोग आवश्यक रहेको बताउनुभएको उहाँका स्वकीय सचिव सन्तोष बिष्टले जानकारी दिनुभयो ।

जापानी राजदूत ओगावाले नेपालमा ६४ भन्दा बढी उद्योग तथा संस्थामा जापान सरकारको सहयोग रहिआएको उल्लेख गर्दै जापानका बहुराष्ट्रिय कम्पनी नेपालमा लगानीका लागि आउन इच्छुक रहेकाले पूर्वाधार एवम् बौद्धिक सम्पत्तिको सुरक्षामा नेपाल सरकारको सहयोग आवश्यक भएको बताउनुभएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री