सुर्खेत-भारतको मुम्बई थाने भन्ने स्थानबाट रु २७ लाख चोरेको आरोपमा एक नेपाली युवालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराह गाउँपालिका–३ तरंगा सुर्खेतका ३० वर्षीय कर्णबहादुर शाही रहेका छन् ।
उनलाई सुर्खेत प्रहरीले यही चैत १३ गतेका दिन पक्राउ गरेको हो । भारतीय प्रहरीले इन्टरपोलमार्फत आरोपित शाहीलाई बुझेर सहयोग गर्न अनुरोध गरेपछि उनलाई समातिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
“आरोपित शाहीले नगद र गरगहना गरी भारतीय रु २७ लाख चोरेको जानकारी गराइएको छ तर संस्थागत तथ्यांक त्यस्तो केही छैन”, उनले भने । रुपैयाँ चोरेको-नचोरेको बारे बुझ्नका लागि शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।
आरोपित शाहीका बारे आवश्यक अनुसन्धान गरेर इन्टरपोलमार्फत भारतीय प्रहरीलाई जानकारी दिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता