सुर्खेत-भारतको मुम्बई थाने भन्ने स्थानबाट रु २७ लाख चोरेको आरोपमा एक नेपाली युवालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराह गाउँपालिका–३ तरंगा सुर्खेतका ३० वर्षीय कर्णबहादुर शाही रहेका छन् ।
उनलाई सुर्खेत प्रहरीले यही चैत १३ गतेका दिन पक्राउ गरेको हो । भारतीय प्रहरीले इन्टरपोलमार्फत आरोपित शाहीलाई बुझेर सहयोग गर्न अनुरोध गरेपछि उनलाई समातिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
“आरोपित शाहीले नगद र गरगहना गरी भारतीय रु २७ लाख चोरेको जानकारी गराइएको छ तर संस्थागत तथ्यांक त्यस्तो केही छैन”, उनले भने । रुपैयाँ चोरेको-नचोरेको बारे बुझ्नका लागि शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।
आरोपित शाहीका बारे आवश्यक अनुसन्धान गरेर इन्टरपोलमार्फत भारतीय प्रहरीलाई जानकारी दिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा