पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन

काठमाडौं-नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको असामयिक निधन भएको छ । शुक्रबार ६७ वर्षको उमेरमा उनको भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उपचारमा रहेका नेता खड्काको शुक्रबार अपराह्न ५.१५ बजे निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । खड्का मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित थिए ।

छाती र नशाको समस्या पनि उनलाई थियो । उनको मृगौलामा समस्या देखिएपछि फागुनको पहिलो साता उनलाई दिल्ली लगिएको थियो । उनको ३० महिनाअघि एपोलोमै मृगौला प्रत्यारोपण गरिएको थियो ।

खड्का नेपाली कांग्रेसको शक्तिकेन्द्रका रुपमा चिनिन्छन्। उनले २०४८ सालपछि गृह, जलस्रोतलगायतका शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

उनको शवलाई नेपाल ल्याउनका लागि नेपाली कांग्रेस र उनको परिवारबीच कुराकानी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री