
काठमाडौँ, १६ चैत – प्रतिनिधिसभा सदस्यले फागुन ७ गते प्रजातन्त्र दिवस र माघ १६ गते शहीद दिवसको बिदा कटौतीको विरोध गर्दै तत्काल सो निर्णय फिर्ता लिन सरकारसंग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडूले प्रजातन्त्र स्थापना भएको दिन र जनताका अधिकारका लागि सहादत प्राप्त गरेको शहीदको स्मरण गर्ने दिनको बिदा सरकारले कटौती गरेकामा आपत्ति जनाउँदै तत्काल फिर्ता गर्न माग गर्नुभयो ।
सांसद बडूले दार्चुलाको सिमानामा भारतीय पक्षबाट एकपक्षीय रुपमा बनाइएका पुलको विषयलाई लिएर तनावग्रस्त अवस्था भएको भन्दै समाधानका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।
सांसद हृदयेस त्रिपाठीले किसानले आफ्नो उत्पादनको मूल्य आफैं तय गर्न नपाएको अवगत गराउँदै उखु किसानले हालसम्म रु ११ अर्ब पाउन बाँकी रहेकाले यसमा सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (माओवादी केन्द) का प्रभु साहले तराईमा बाढीपीडित जनताका समस्या यथावत् रहको भन्दै तत्काल पुनःस्थापना र दीर्घकालीन राहतको माग गर्नुभयो ।
उहाँले आगामी वर्षामा आउन सक्ने बाढीको सम्बन्धमा सचेत हुनुपर्नेमा जोड दिदैं प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको एजेण्डाका सम्बन्धमा संसद्लाई जानकारी गराउनुपर्छ भन्नुभयो ।
राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले रौतहटमा असिनाबाट भएको क्षतिका बारेमा जानकारी गराउँदै तत्काल राहत व्यवस्थाको माग गर्नुभयो । उहाँले जनताका भावनासंग गाँसिएका सार्वजनिक बिदा कटौतीको विरोध गर्दै बिदामा कटौती गरेर मात्र काममा प्रगति नहुने धारणा व्यक्त गर्नुभयो ।
संघीय समाजवादी फोरम नेपालका विमलप्रसाद श्रीवास्तावले सरकारबाट दलितको घर बनाउने भनेर बजेट निकासा भए पनि पूरा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले तराईमा आएको असिना पानीबाट कृषिमा भएको क्षतिका सम्बन्धमा ध्यानाकर्षण पनि गराउनुभयो ।
राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले नेपाली नागरिकलाई जहाँ बसे पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गर्दै विदेशमा बस्ने करीब ४० लाख नेपालीलाई विदेशबाट मतदानको व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो ।
एमालेका राजेन्द्रप्रसाद गौतमले संखुवासभामा भएको जिप दुर्घटनाको जानकारी गराउँदै दुर्घटनामा निधन भएकाको सम्मानसहित उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
काँग्रेसका जीवछिरिङ लामाले भूकम्पपीडितका घर द्रुत गतिमा निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
माओवादी केन्द्रका गजेन्द्र महतले जुम्लामा अस्पताल भए पनि डाक्टर नभएको र सडक भए पनि यातायातको व्यवस्था नभएको भन्दै आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
माओवादी केन्द्रका गंगा सत्गौवा चौधरीले गौतमबुद्ध जन्मेको देशमा गाई काटेर खान पाउनुपर्छ भन्ने विषय सार्वजनिक भएको विषयप्रति टिप्पणी गर्दै कुनै पनि धर्मका नाममा पशुको काटमार गर्नु अमानवीय हो भन्नुभयो ।
काँग्रेसका राजेन्द्र केसीले दक्षिणकाली बस दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारका लागि सरकारसँग माग गर्नुभयो ।
नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले ठूला कुराभन्दा साना साना कुरामा सरकारको ध्यान जानुपर्ने भन्दै काठमाडौँ उपत्यकामा राष्ट्रपतिको सवारीले सडक जाम भएको गुनासो गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण