
स्थानीय तहका कर्मचारी एक हप्ताभित्रमा खटाइने
काठमाडौँ-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका दरवन्दी अनुसार एक हप्ताभित्रमा कर्मचारी खटाउने कार्य शुरु गर्ने जनाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिएको दरवन्दी अनुसार ५७ हजार ३५४ कर्मचारीलाई अवको एक हप्तामा खटाउन शुरु गर्ने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए ।
‘‘भर्खरै स्थानीय तहको सांगठनिक संरचना मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ’’ उनले भने, ‘‘अव कुन स्थानीय तहलाई कति कर्मचारी आवश्यक हुन्छ । त्यसैको आधारका कर्मचारी खटाउने छौं ।’’
स्वीकृत भएको दरवन्दी अनुसार ३७ हजार ६९६ महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका कार्यालय तथा वडा कार्यालयमा र १९ हजार ५५८ कर्मचारी स्थानीय तहका स्वास्थ्यचौकी, पशुकेन्द्र शिक्षा, वन लगायत शाखा कार्यालमा रहने छ ।
सचिव थपलियाका अनुसार स्वीकृत ५७ हजार ३५४ कर्मचारीको दरवन्दी अनुसार केही कर्मचारी त्यही स्थानीय तहमा रहेकोले १६ हजार ८० जना मात्र नयाँ कर्मचारी खटाइने छ ।
उहाँले चैत मसान्तसम्म ८० प्रतिशत कर्मचारी खटाइसक्ने बताए । स्थानीय तहमा अहिले ९ हजार ४२ कर्मचारीको दरबन्दी छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने