काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति र समृद्धि कायम गर्न प्रत्येक नेपाली नागरिकको उत्तिकै भूमिका हुने बताएका छन् ।
नेपाल जैन परिषद्ले बिहिबार आयोजना गरेको ‘भगवान महावीरको २६१७ औं जन्मकल्याण महोत्सव’ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक निर्माणमा आ–आफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्न सबैसँग अपिल गरे ।
“मुलुकमा संविधान जारी भइसकेको छ, अब सरकारको एक मात्रै एजेण्डा विकास र समृद्ध हो, समाजमा शान्ति सु–व्यवस्था कायम गर्न हरेक व्यक्तिको योगदान महत्वपूर्ण हुन्छ”–प्रधानमन्त्री ओलीले भने ।
समाजलाई शान्तिपूर्ण गोरेटोमा हिँडाउन महावीर जैनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको एकल प्रयासले मात्र समाजमा शान्ति ल्याउन कठिन भएको बताए ।
२६१७ वर्ष अघि जन्मेका महावीर जैनको सान्दर्भिकता अझै रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले अब सबै जातजाति, धर्म, सम्प्रदायको सुख र समृद्धिसँगै मुलुक निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रवर्धन गर्नु आवश्यक रहेको उल्लेख गरे ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा