काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति र समृद्धि कायम गर्न प्रत्येक नेपाली नागरिकको उत्तिकै भूमिका हुने बताएका छन् ।
नेपाल जैन परिषद्ले बिहिबार आयोजना गरेको ‘भगवान महावीरको २६१७ औं जन्मकल्याण महोत्सव’ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक निर्माणमा आ–आफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्न सबैसँग अपिल गरे ।
“मुलुकमा संविधान जारी भइसकेको छ, अब सरकारको एक मात्रै एजेण्डा विकास र समृद्ध हो, समाजमा शान्ति सु–व्यवस्था कायम गर्न हरेक व्यक्तिको योगदान महत्वपूर्ण हुन्छ”–प्रधानमन्त्री ओलीले भने ।
समाजलाई शान्तिपूर्ण गोरेटोमा हिँडाउन महावीर जैनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको एकल प्रयासले मात्र समाजमा शान्ति ल्याउन कठिन भएको बताए ।
२६१७ वर्ष अघि जन्मेका महावीर जैनको सान्दर्भिकता अझै रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले अब सबै जातजाति, धर्म, सम्प्रदायको सुख र समृद्धिसँगै मुलुक निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रवर्धन गर्नु आवश्यक रहेको उल्लेख गरे ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?