काठमाडौँ, १० चैत – नेपाल संस्कृत विश्वविद्यालय र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबीच हस्तलिखित ग्रन्थका विषयमा संयुक्तरुपमा अध्ययन अनुसन्धान गर्नेलगायत सम्झौतामा हस्ताक्षर भएको छ ।
दुवै विश्वविद्यालयले प्रत्येक वर्ष संयुक्तरुपमा गोष्ठी, प्राध्यापक, अध्येता र विद्यार्थी आदानप्रदान गर्ने सम्बन्धमा पाँच वर्षका लागि सम्झौता भएको हो ।
मुख्य चारबुँदा र नौ वटा सहायक बुँदामा शुक्रबार संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा डा काशीनाथ न्यौपाने र अक्सफोर्ड विश्वविद्यालय अनुसन्धान केन्द्रका प्रतिनिधि डा बिहान ओल्सनले हस्ताक्षर गरे ।
कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले सम्झौताले वैदिक ज्ञानराशिलाई विश्व समुदायमा पस्कने बाटो खोलेको बताए । शिक्षाध्यक्ष प्रा रमेशप्रसाद ढकालले हिमाली क्षेत्रको गहन ज्ञान राशिबाट विश्वभरका जनता लाभान्वित हुने समय आएको विचार राखे ।
अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा न्यौपाने, अक्सफोर्ड विश्वविद्यालय अनुसन्धान केन्द्रका प्रतिनिधि ओल्सनलगायतले नेपालमा भएका दार्शनिक ज्ञानलाई विश्व समुदायले उपयोग गर्न सक्ने अवसर प्राप्त भएकामा खुसी व्यक्त गरे ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने