पत्रकार महासंघ यूकेको अधिवेशन मे १९ मा गर्न केन्द्रबाट निर्देशन

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको चौंथो अधिवेशन आगामी मे १९ मा गर्न केन्द्रले निर्देशन दिएको छ ।

महासंघ केन्द्रका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टले हस्ताक्षर गरेको पत्रमा आमन्त्रणा स्वीकार्दै अधिवेशन तयारी गर्न शाखालाई 
निर्देशन दिइएको हो । बेलायतको अल्डरसटमा 
केन्द्रिय प्रतिनिधिहरुको सहभागितामा अधिवेशन गरिने शाखाले जनाएको छ ।

शाखा अध्यक्ष नरेश खपांगीमगरले अब कार्यसमितिको सल्लाहमा निर्वाचन समिति गठन र अन्य तयारी गरिने जनाउंदै संस्थाभित्रको केही ‘असन्तुष्टि’ छिट्टै सल्टाइने बताए ।

बेलायतस्थित नेपाली पत्रकारहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्न शाखाले विभिन्न तालिम, भ्रमण र सेमिनार गर्दै आएको छ । गत वर्ष संस्थाले आपतकालिन कोषका लागि गरेको च्यारिटीमा झण्डै तीस लाख रुपैयां संकलन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री