लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको चौंथो अधिवेशन आगामी मे १९ मा गर्न केन्द्रले निर्देशन दिएको छ ।
महासंघ केन्द्रका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टले हस्ताक्षर गरेको पत्रमा आमन्त्रणा स्वीकार्दै अधिवेशन तयारी गर्न शाखालाई निर्देशन दिइएको हो । बेलायतको अल्डरसटमा केन्द्रिय प्रतिनिधिहरुको सहभागितामा अधिवेशन गरिने शाखाले जनाएको छ ।
शाखा अध्यक्ष नरेश खपांगीमगरले अब कार्यसमितिको सल्लाहमा निर्वाचन समिति गठन र अन्य तयारी गरिने जनाउंदै संस्थाभित्रको केही ‘असन्तुष्टि’ छिट्टै सल्टाइने बताए ।
बेलायतस्थित नेपाली पत्रकारहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्न शाखाले विभिन्न तालिम, भ्रमण र सेमिनार गर्दै आएको छ । गत वर्ष संस्थाले आपतकालिन कोषका लागि गरेको च्यारिटीमा झण्डै तीस लाख रुपैयां संकलन भएको थियो ।
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन