
लन्डन । लन्डन साउथ हयारोस्थित नेपालीका दुई स्टोर एभरेष्ट सुपर मार्केट र दोभान स्टोर ‘मर्ज’ को निष्कर्षमा पुगेका छन् । नेपाली खाद्य सामाग्रीहरुको विक्रेता ति स्टोरका सञ्चालकहरुबीच शनिबार सांझ गाभिने प्रक्रियाबारे अन्तिम समझदारी भएको छ ।
एभरेष्ट सुपर मार्केटका निर्देशक गंगा राना र दोभान स्टोरका निर्देशक गोपीराम गुरुङले स्टोर मर्जको सहमति पत्रमा हस्ताक्षर गरे ।
अब मर्ज भएसंगै दोभान एभरेष्टमा विलय भइ एभरेष्ट सुपरमार्केटको नाम भविष्यमा परिवर्तन हुने सञ्चालकले बताएका छन् । ‘नेपाली सामान, नेपाली ग्राहक र एकै प्रकृतिका व्यवसाय भएपछि प्रतिष्पर्धा भन्दा मिलेर जाने विकल्प उत्तम लाग्यो’- सञ्चालकद्वयको भनाइ छ ।
स्थानीय नेपाली ग्राहकहरुलाई एकै थलो (वान स्टप सर्भिस) मा अधिकतम सेवा, लाभ र गुणस्तर प्रदान गर्न ‘मर्ज’ गरिएको गोपीरामले जनाए ।
ग्राहकलाई अपनत्व महशुस गराउन अब स्थानीय क्षेत्रका करिब पच्चीस सय नेपाली ग्राहकलाई शेयर समेत बांडिने रानाले बताए ।
ति स्टोरमा हरेक किसिमका नेपाली खाद्य सामाग्री उपलव्ध छन् ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी