
गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका बङगलादेशका नागरिक उडडयन तथा पर्यटनमन्त्री एकेएम शाजहान कमल सोमबार भएको युएस–बंगला एअरलाइन्सको विमान दुर्घटनाका सम्बन्धमा बुधबार गृह मन्त्रालयमा भेटवार्ता गर्नुहुँदै । तस्वीर – किरण भट्टराई, रासस
काठमाडौँ, ३० फागुन – गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एके एम शाजहान कमलले आज भेट वार्ता गर्नुभएको छ ।
गृहमन्त्रालयमा भएको वार्तामा मन्त्री थापाले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एअरलाइन्सको विमान दुर्घटना र त्यसमा परी भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसका लागि एक समिति गठन गरिएको जानकारी गराउनुभयो ।
उहाँले दुर्घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र आफू लगायतका सरकारका उच्च अधिकारी दुर्घटनास्थलमा पुगेर राहत तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिनाका साथै स्रोत र साधनले भ्याएसम्म उद्धारमा कुनै कमी नगरिएको बंगलादेशका मन्त्री कमललाई जानकारी गराउनुभयो ।
वार्तामा मन्त्री थापाले दुर्घटनामा निधन भएका बंगलादेशी नागरिकको शवको पहिचान तथा शव परीक्षणको प्रक्रिया जारी रहेको र त्यो सकिने वित्तिकै द्रुत गतिमा शव बंगलादेश लैजानका लागि व्यवस्था मिलाइने बताउनुभयो ।
बंगलादेशका मन्त्री कमलले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटना लगत्तै नेपाली पक्षले राहत तथा उद्धारमा देखाएको तत्परताप्रति धन्यवाद व्यक्त गर्नुका साथै आफूहरुले उद्धारमा कुनै किसिमको कमी भएको महसुस नगरेको स्पष्ट पार्नुभयो ।
आफूले विमान दुर्घटनामा परी घाइते भएर उपचार गराइरहेका १० बंगलादेशी नागरिकलाई काठमाडौँ मेडिकल कलेज, नर्भिक अस्पताल र ओम अस्पतालमा पुगेर अवस्थाबारे जानकारी लिएको र उपचारमा प्रति आफूहरु सन्तुष्ट रहेको मन्त्री कमलले बताउनुभयो ।
उहाँले ओम अस्पतालमा उपचारत डा रिजवानलाई थप उपचारका लागि उहाँका परिवारले सिंगापुर लैजान खोजेको र दुर्घटनामा परेका अन्य घाइतेलाई उपचारमा सहयोगका लागि बंगलादेशका हाडजोर्नी सम्बन्धी चिकित्सक र ‘बर्न’ सम्बन्धी चिकित्सकलाई नेपालमा पठाउन चाहेको भन्दै त्यसका लागि वातावरण सहज बनाउन गृहमन्त्री थापासँग आग्रह गर्नुभएको थियो ।
जवाफमा मन्त्री थापाले त्यस विषयमा नेपालस्थित बंगलादेशको दूतावासबाट प्रक्रिया पुरयाएर आग्रह गरिए सहजीकरण गर्न नेपाल सरकार तयार रहेको बताउनुभयो ।
वार्तामा दुबै मन्त्रीबीच आगामी दिनमा यस्तो दुर्घटना हुन नदिन र घटनाको छानबिन गर्न सहजीकरण गर्ने सहमति भएको छ ।
दुर्घटनामा परी ४९ जनाको निधन भएकामा २२ यात्रु र चार चालक दलका सदस्य गरी २६ बंगलादेशी नागरिक, २२ नेपाली र एक चिनियाँ नागरिकको निधन भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो