
बंगलादेशबाट काठमाडौ आएको युयस बंगाल विमान सोमबार १४ २० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि उद्धारको प्रयास हुँदै । तस्बिर – रासस
काठमाडौँ, २८ फागुन – नेपाली सेनाले युएस बङ्लाको यात्रुवाहक विमान दुर्घटनापछि उद्धारका लागि करिब ७०० सैनिक टोली परिचालन गरेको जनाएको छ ।
बंगलादेशको ढाकाबाट चार चालक दलसहित ७१ यात्रु बोकी आएको उक्त विमान दिउँसो २.२० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ श्री सैनिक हवाई महानिर्देशनालय, श्री नं १४ वाहिनी अड्डा, श्री कालीप्रसाद गण (ई), श्री इओडी होल्डिङ युनिट तथा उपत्यका पृतना हेक्वा मातहतबाट सैनिक उद्धारमा खटाएको सैनिक जनसम्पर्क एवं सूचना निर्देशनालयले जनाएको छ ।
रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत अन्य उच्च पदाधिकारी दुर्घटना स्थलमा पुगी उद्धार कार्यको निरीक्षण गर्नुका साथै उद्धार कार्यमा संलग्न सम्पूर्ण व्यक्तिलाई हरसम्भव उपायको अवलम्बन गरी उद्धार गर्न निर्देशनसमेत दिनुभएको थियो ।
विमान दुर्घटनामा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आफन्तजन गुमाएका शोकसन्तप्त परिवारजनमा नेपाली सेना हार्दिक समवेदना प्रकट गर्दछ ।
घाइते यात्रुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दै सेनाले उद्धार कार्यमा सहकार्य गर्ने अन्य सुरक्षा निकायलगायतका उद्धारकर्मीको प्रयासको सराहनासमेत गरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान