
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख कृष्णबहादुर महरा सोमबार सिंहदरबार संघीय संसद सचिवालयस्थित कार्यकक्षमा पदबहाली गर्नुहुँदै । तस्बिर – रासस
काठमाडौँ, २८ फागुन – सभामुख कृष्णबहादुर महरालाई चाइना नेसनल पिपुल काँग्रेसका स्थायी समिति अध्यक्ष झ्याङ देज्याङले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष झ्याङले सभामुख महरालाई पत्र पठाएर प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचत हुनुभएकामा बधाई व्यक्त गर्नुभएको सभामुख महराका सहयोगी राहुल महराले जानकारी दिनुभयो ।
चिनियाँ राजदूत यु होङले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज सभामुख महरालाई शिष्टाचार भेट गरी स्थायी समितिका अध्यक्ष झ्याङको शुभकामना पत्र हस्तान्तरण गर्नुभएको हो ।
सो भेटमा उहाँहरुबीच नेपाल–चीनबीचको सम्बन्धलाई अझ सुदृढ गर्दै लैजाने विषयमा छलफलसमेत भएको थियो । भेटमा दुई देशका आपसी चासो र हितका विषयलाई सौहाद्रपूर्वक अघि बढाउने र आगामी दिनमा द्विपक्षीय सहयोगलाई अझ विस्तार गर्दै लैजाने विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा सभामुख महरा र राजदूत युबीच दुई देशबीचको संसदीय अनुभवलाई आदानप्रदान गर्दै अगाडि बढ्ने र दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको थियो ।
राजदूत युले प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएकामा महरालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा