दुर्घटनाका कारण बन्द विमानस्थल खुल्यो

काठमाडौँ- युएस बंगलादेश एयरलाइन्स दुर्घटनाका कारण आज बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।  सोमबार अपराह्न १४.१८ बजेदेखि बन्द भएको विमानस्थल १६.५० देखि खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए ।

काठमाडौँमा अवतरणका तयारीमा रहेका विमानलाई लखनौ र ढाकातर्फ पठाइएको थियो । विमानस्थल खुलेपछि ती विमान काठमाडौँमा अवतरण हुनेछन् । ढाकाबाट काठमाडौँ आउँदै आएको बिएस २११ ‘कल साइन’ भएको उक्त विमानमा चालक दलका चार सदस्यसहित ६७ यात्रु सवार थिए ।

प्रधानमन्त्री अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा केएमसी अस्पताल सिनामङ्गल पुगी विमान दुर्घटनामा परी घाइते भएका यात्रुको अवस्थाका बारेमा जानकारी लिएका छन । प्रधानमन्त्री ओलीले घाइतेको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री