काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलको नेतृत्वमा गएको समूहको ज्ञापनपत्र शुक्रबार बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकाले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभूति गराउने बताए ।
‘सरकारले सम्मानित जीवन जिउन पाउने अवस्था सबै नागरिकलाई उपलब्ध गराउँछ, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा सरकारका प्राथमिकता हुन्’, ओलीले भने, ‘सामाजिक सद्भाव भड्काउने, घृणाको खेती गर्ने र द्वन्द्व मच्चाउने तत्वसँग सजग हुनुपर्छ ।नेपाल कसैको खेल मैदान होइन ।’
प्रधानमन्त्री ओलीले यस पटकको निर्वाचनमा जनताले स्थिरता र स्थायित्वका लागि मतदान गरेको उल्लेख गर्दै जनमतको कदर गर्न आफू सचेत रहेको बताए । उनले केही वर्षपछि यस्ता ज्ञापनपत्र लिएर हिँड्नुपर्ने दिनको अन्त्य हुने उल्लेख गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक