
नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्तापछि पत्रकारलाई प्रतिक्रिया दिँदै । तस्बिर – रासस
काठमाडौँ, २५ फागुन – प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरा निर्विरोध हुनुभएको छ ।
सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको संघीय संसद् सचिवालयले जनाएको छ । यद्यपि उहाँ निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ ।
नेकपा (एमाले) का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा उहाँले आज निर्धारित निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्ता गर्नुभएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित सभामुख पदमा उम्मेदवारी नदिएको जनाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक मत नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट पार्नुभयो ।
सचिवालयले भोलि फागुन २६ गतेका लागि सभामुखको निर्वाचन र निर्वाचनका लागि आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा