
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालका लागि चिनियाँ राजदूतावासले काठमाडौँमा बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएकी महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा र नेपालका लागि चिनियाँ राजदूत यू होङ लगायत । तस्वीर – नवीन पौडेल, रासस
काठमाडौँ, २४ फागुन – एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा आज पदयात्रा गरिएको छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, रक्षा नेपाल लगायतका संघसंस्थाद्वारा आयोजित भृकुटीमण्डपबाट शुरु भएको पदयात्रा भद्रकाली मन्दिर, शहीद ढोका, नयाँ बाटो हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको हो । रयालीमा सहभागीले ‘महिला हिंसा अन्त्य गरौँ’, ‘मानव बेचबिखनरहित समाज निर्माण गरौँ’ र ‘घर शान्ति नै विश्व शान्तिको आधार’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
सो अवसरमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले महिला हिंसा अन्त्यका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रिय दिवसमा यस वर्षको नारा ‘आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण – ग्रामीण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण’ भन्ने रहेको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरुकतासम्बन्धी दिवस हो । यो दिवस प्रत्येक वर्ष ८ मार्चमा विश्वभर मनाइन्छ ।
यो सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । सन् १९१० मा महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने