काठमाडौँ, २४ फागुन – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको संगठनसम्बन्धी कार्यदलले आन्तरिक विधान मस्यौदा र संगठनसम्बन्धी खाकाको प्रतिवेदन लेखन कार्य जारी राखेको छ ।
केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको संगठन कार्यदलले विधान र संगठनका लागि दुई अलग अलग उपसमिति बनाएर मंगलबारसम्म प्रतिवेदन दिन जिम्मेवारी दिए पनि नेताहरुको अन्य व्यस्तताका कारण पूर्ण भइसकेको छैन ।
संगठन कार्यदलका सदस्य एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार बसेको कार्यदलको बैठकले आपसी छलफल जारी राखी प्रतिवेदन तयार गर्ने समझदारी भएको जानकारी दिनुभयो ।
पार्टी एकता संयोजन समितिको यही फागुन ७ गतेको बैठकले एकताका प्रारम्भिक सात आधारमा केन्द्रित रहेर यही फागुन १० गते संगठन र वैचारिकसम्बन्धी कार्यदल बनाइएको थियो ।
वैचारिक कार्यदलको संयोजक एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल हुनुहुन्छ । दुवै कार्यदललाई यही फागुन २५ गतेभित्र प्रतिवेदन दिन भनिए पनि केही दिन समय थप हुनसक्ने बुझिएको छ ।
प्रतिवेदन आएपछि चैतको पहिलो साता एकता गर्ने तयारी दुवै दलले गरेका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा