काठमाडौँ – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका लागि भोलि फागुन २३ गते बुधबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सविधानसभा र राष्ट्रियसभाको निर्वाचनपछि यही फागुन २९ गते मंगलबार राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । सो निर्वाचनका लागि मतदानको समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ ।
राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराह्न २ बजेसम्म उम्मेदवारी दर्ता कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन कार्यक्रम अनुसार फागुन २४ गते बिहीबार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
उक्त निर्वाचनको सिलसिलामा निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची आज सार्वजनिक गरेको छ ।
आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम रहेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित तीन जना र प्रदेश सभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन ।
उक्त निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मतदान केन्द्र कायम गरिएको छ । संघीय नेपालको तेस्रो राष्ट्रपतिका लागि हुने निर्वाचनमा हालसम्म कुनै राजनीतिक दलले औपचारिकरुपमा उम्मेदवारको घोषणा गरिसकेका छैनन् ।
गणतन्त्र घोषणापछि पहिलो राष्ट्रपति डा रामवरण यादवले आफ्नो भूमिका निर्वाह गरिसकेका छन् भने दोस्रो राष्ट्रपतिको रुपमा विद्यादेवी भण्डारी हाल कार्यरत छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने