काठमाडौँ-आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ११६ रनले पराजित भएको छ । आइतबार जिम्बाब्वेस्थित क्वीन्स स्पोर्टस क्लबमा टस जितेर पहिले व्याटिङ रोजेको जिम्बाबेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६४ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि दुई ब्याटसम्यानले अर्धशतक प्रहार गरेपनि जित दिलाउन पर्याप्त रहेन । नेपालका लागि शरद भेषवाकरले ५२, अरिफ शेखले ५० रन जोडेका थए । ज्ञानेन्द्र मल्लले ३२, दिलिप नाथले दुई, कप्तान पारस खड्काले ४०, दिपेन्द्रसिंह ऐरीले २३, रोहित कुमारले ३०, सोमपाल कामीले ११, वसन्त रेग्मीले २ र सन्दिप लामिछानेले ६ रन बनाएका थिए ।
आयोजक जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रनको योगफल बनाएको थियो । जिम्बाब्वेका लागि शिकन्दर राजा र ब्रेन्डन टेलरले शतक प्रहार गरे । शिकन्दरले सर्वाधिक १२३ रन जोडे भने ब्रेन्डन १०० रन जोड्दै आउट भए । त्यसैगरी, जिम्बाब्वेका सोलोमन मिरेले ५२ रन बनाए ।
त्यसैगरी, सेफास झुवाओले ४१, क्रेग एर्भिनले ३४ तथा ह्यामिल्टन मासाकाड्जाले १७ रन जोडे । नेपालका लागि वसन्त रेग्मीले दुई विकेट लिए भने सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले एक/एक विकेट लिए ।
हारसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना झनै क्षीण हुँदै गएको छ । नेपालले अर्को खेल आगामी विहीबार स्कटल्याण्डसँग खेल्नेछ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा