
राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार राष्ट्रपति कार्यालयमा सपथ लिँदै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर । तस्वीर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, २० फागुन – राष्ट्रपति विद्यादेवी भण्डारीले आज ज्येष्ठद सदस्य प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
ठाकुरले मातृभाषा मैथिली भाषा र भट्टले नेपाली भाषामा शपथ लिनुभएको थियो । गत मंसिर १० र २१ गते प्रतिनिधिसभा र माघ २४ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो ।
ज्येष्ठ सदस्य ठाकुर प्रदेश नं २ अन्तर्गत महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । उहाँ हाल ७१ र भट्ट ६९ वर्षका हुनुहुन्छ । शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिगण, संवैधानिक एवं सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार राष्ट्रपति कार्यालयमा सपथ लिँदै राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्ट । तस्वीर – रासस
नेपालको संविधान २०७२ को धारा ९१ को उपधारा ५ अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएका अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ ।
त्यसैगरी धारा ९२ को उपधारा ५ अनुसार राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन नभइसकेका अवस्थामा उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले राष्ट्रियसभाको बैठकको अध्यक्षता गर्ने प्रावधान छ ।
आज अपराह्न ४ बजे ज्येष्ठ सदस्य ठाकुरले संघीय संसद् भवन बानेश्वरमा प्रतिनिधिसभाका २७५ सांसदलाई तथा अपराह्न ५ बजे राष्ट्रियसभाका ज्येष्ठ सदस्य भट्टले ५९ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु