काठमाडौँ, १७ फागुन – सिरियामा हालै भएको हिंसात्मक आक्रमणमा निर्दोष नागरिक र बालबालिकाको मृत्यु भएकामा विभिन्न संस्थाले दुःख व्यक्त गरेका छन् ।
बालअधिकार कार्यरत संस्थाहरुको सञ्जाल नेपाल, बालबालिका शान्ति तथा बाल संरक्षण राष्ट्रिय अभियान, प्रगतिशील लेखक संघलगायतले आज विज्ञप्ति जारी गरी सो घटनाको निन्दा गरेका हुन् ।
घटनामा करिब ५०० भन्दा बढी नागरिक (करिब १५० बालबालिकाहरु) को मृत्यु भएको थियो ।
घटनाले संयुक्त राष्ट्र संघले जारी गरेको अन्तर्राष्ट्रिय कानूनहरुमध्ये मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र तथा बालअधिकार महासन्धिले हरेक नागरिक तथा बालबालिकाको भयरहित बाँच्न पाउने अधिकारलाई हनन गरेको पाइएको हुँदा राष्ट्रसंघले यस घटनालाई गम्भीरताका साथ लिई यथाशीघ्र आवश्यक पहल गरिदिन साथै द्वन्द्वको अन्त्य गरी स्थायी शान्तिका लागि पहल गर्न माग गरिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु