हेटौँडा – प्रदेश नं ३ मा मुख्यमन्त्री डोरमणि पौडेलले मौजुदा मन्त्रिपरिषद्मा बुधबार चार जना नयाँ मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेका तर्फबाट कैलाश ढुंगेल, अरुण नेपाल, दावा दोर्जे लामा र नेकपा माओवादी केन्द्रका युवराज दुलाल छन् ।
प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले हेटौँडामा आयोजित समारोहमा नवनियुक्त चारजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् । उक्त कार्यक्रममा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ र विभिन्न मन्त्रालयका सचिव सहभागी थिए ।
वर्तमान मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित सात जना मन्त्री रहेको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । केही दिनअघि मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको थियो । नवनियुक्त मन्त्रीले आगामी शुक्रबार पदबहाली गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।
३ नं. प्रदेश सरकारको अनुहार
१. मुख्यमन्त्री डोरमणि पौडेल–मन्त्रिपरिषद् कार्यालय
२. केशव स्थापित– भौतिक पूर्वाधार विकास मन्त्रालय
३. शालिकराम जम्मकटेल –आन्तरिक मामिला तथा कानून मन्त्रालय
४. कैलाश ढुंगेल– आर्थिक मामिला तथा योजना ‘नवनियुक्त’
५. अरुण नेपाल– उद्योग पर्यटक, वन र वातावरण ‘नवनियुक्त’
६. दावा दोर्जे लामा– भूमि व्यवस्थापन कृषि र सहकारी ‘नवनियुक्त’
७. युवराज दुलाल –सामाजिक विकास मन्त्रालय ‘नवनियुक्त’
प्रदेश २ मा मन्त्रिमण्डल विस्तार
महेन्द्रनगर, धनुषा, १६ फागुन – प्रदेश २ को मन्त्रिमण्डल आज दोस्रो पटक विस्तार भएको छ ।
राष्ट्रिय जनता पार्टीले दुई मन्त्रीको टुंगो लगाएपछि आज दोस्रो पटक चार मन्त्री र तीन राज्यमन्त्री थपिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले आज १० सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको हो । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नव नियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभयो भने मुख्यमन्त्री राउतले राज्यमन्त्रीहरूलाई शपथ गराउनुभयो ।
राजपाका तर्फबाट वरिष्ठ उपाध्यक्ष नवलकिशोर साहले सामाजिक विकास मन्त्रालय र वरिष्ठ नेता रामनरेश रायले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसअघि नै राजपाबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार तथा विकासमन्त्री नियुक्त भइसक्नुभएको छ ।
त्यसैगरी, संघीय समाजवादी फोरमबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द्र यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्र साहले नियुक्त हुनुभएको छ । यसअघि नै फोरमबाट विजयकुमार यादव आर्थिक ममिला तथा योजनामन्त्री नियुक्त भइसक्नुभएको छ ।
फोरमबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह, भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव र सामाजिक विकास राज्यमन्त्री उषा यादवले आ–आफ्नो पदको शपथ लिनुभएको छ ।
राज्यमन्त्री भने होली पर्वपछि मात्रै थप्ने राजपाको योजना छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने