काठमाडौँ-सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताहरु गृहकार्यमा लागेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिता रहने र आपसी सहमति एवं औचित्यका आधारमा संविधान संशोधनका विषय अगाडि बढाउने गरी दुवै पक्षका नेताहरु आपसी एवं अनौपचारिक छलफलमा लागेका हुन् ।
एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले आफूहरुको छलफल सकारात्मक रहेको र चाँडै निष्कर्षमा पुगिने जानकारी दिए । दुई पक्षबीच लिखित सहमति गर्ने तयारी पनि भएको छ ।
प्रधानमन्त्री ओलीले फोरम सरकारमा आउने अपेक्षाका साथ सोमबारको मन्त्रिमण्डल विस्तारलाई आंशिकरुपमा मात्र विस्तार गरेका थिए भने फोरमका मागका विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरुसँग पनि परामर्श गरेका थिए। फोरमको नेतृत्वमा रहेको प्रदेश नं २ को सरकारलाई वाम गठबन्धनले समर्थन दिइसकेको छ ।
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा