काठमाडौँ-सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताहरु गृहकार्यमा लागेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिता रहने र आपसी सहमति एवं औचित्यका आधारमा संविधान संशोधनका विषय अगाडि बढाउने गरी दुवै पक्षका नेताहरु आपसी एवं अनौपचारिक छलफलमा लागेका हुन् ।
एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले आफूहरुको छलफल सकारात्मक रहेको र चाँडै निष्कर्षमा पुगिने जानकारी दिए । दुई पक्षबीच लिखित सहमति गर्ने तयारी पनि भएको छ ।
प्रधानमन्त्री ओलीले फोरम सरकारमा आउने अपेक्षाका साथ सोमबारको मन्त्रिमण्डल विस्तारलाई आंशिकरुपमा मात्र विस्तार गरेका थिए भने फोरमका मागका विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरुसँग पनि परामर्श गरेका थिए। फोरमको नेतृत्वमा रहेको प्रदेश नं २ को सरकारलाई वाम गठबन्धनले समर्थन दिइसकेको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान