
नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेल पदवहालीपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै । तस्वीर – नारायण न्यौपाने, रासस
काठमाडौँ, १४ फागुन – नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गर्नुभएको छ ।
सिंहदरबार, पुतली बगैँचास्थित मन्त्रालयमा आज पदबहाली गर्दा उहाँले पहिलो सो निर्णय गर्नुभएको हो ।
रक्षामन्त्री पोखरेल मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव विनोद केसीलगायतले स्वागत गर्नुभएको थियो । सो अवसरमा मन्त्रालय र सेनाका उच्चस्थ अधिकारीले परिचय र जिम्मेवारीबारे जानकारी दिनुभएको थियो । मन्त्री पोखरेलसँग उद्योग र परराष्ट्र मन्त्रालय सम्हालेको अनुभव छ ।
रक्षामन्त्री पोखरेल नेकपा (एमाले) का महासचिव एवं काठमाडौँ क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । विसं २०१० मा ओखलढुङ्गामा जन्मनुभएका पोखरेल १६ वर्षको उमेरदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा होमिनुभएको थियो । विसं २०२६ देखि नेपाली राजनीतिमा निरन्तर सक्रिय उहाँ २२ वर्षका उमेरमा २०३३ सालमा ‘अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी’ को केन्द्रीय सदस्य हुनुभएको थियो । विसं २०३५ मा गठित तत्कालीन ‘नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी–लेनिनवादी)’ को उहाँ संस्थापक केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
विसं २०५६ को आमनिर्वाचनमा प्रतिनिधिसभाको सदस्यमा निर्वाचित उहाँले एमालेको आठौँ र नवौँ महाधिवेशनबाट महासचिवमा पनि निर्वाचित भई पार्टीको केन्द्रीय संगठन विभाग प्रमुख, केन्द्रीय सचिवालय सचिव, केन्द्रीय प्रचार विभाग प्रमुख, विभिन्न जनसंगठनका इन्चार्ज, उपत्यका इन्चार्ज र पार्टी केन्द्रीय कार्यालय प्रमुखजस्ता जिम्मेवारी वहन गरिसक्नुभएको छ ।
विसं २०४० मा सिन्धुपाल्चोकमा भएको ‘पिस्कर हत्याकाण्ड’ र त्यसपछि तत्कालीन निरंकुश सरकारको दमनका बेला त्यहाँको पार्टी कामको नेतृत्व उहाँले सम्हाल्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकारको अनुभव सँगाल्नुभएका मन्त्री पोखरेल उद्योगमन्त्री भएकै बेला २०६१ माघ १९ को शाही शासनकालमा बन्दी हुनुभएको थियो । त्यसबेला उहाँले ‘माघ १९’ नामक संस्मरण लेख्नुभयो भने उहाँको ‘पूर्वको रातो तारा’ नामक अर्को स्मरण कृति पनि प्रकाशित छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने