काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्याबिनेटमा चार नयाँ मन्त्री थपेर विस्तार गरेका छन् । सोमबार ओलीले एमालेबाट २ र माओवादी केन्द्रबाट २ मन्त्री थप्दै मन्त्रालय विस्तार गरेका हुन् ।
एमाले महासचिव ईश्वर पोखरेलले ओली क्याबिनेटमा रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि उनले अर्थमा रुची देखाएका थिए । तर, एमाले प्रभावशाली नेताहरुले आँखा लगाएको अर्थमन्त्रालयको जिम्मेवारी ओलीले राष्ट्र बैकका गर्भनर युवराज खतिवडालाई दिएका छन् ।
यस्तै, माओवादीबाट सरकारमा नेतृत्व गरेर गएका रामबहादुर थापा ‘बादल’ ले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै मातृकाप्रसाद यादवलाई उधोग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । नयाँ मन्त्रीहरुले सोमबार नै पदभार ग्रहण समेत गरेका छन् ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल