काठमाडौँ- सामान्य प्रशासनमन्त्री हुँदा डीभी/पीआरधारी सरकारी कर्मचारीलाई कानुनी दायरामा ल्याएका लालबाबु पण्डितले दोस्रो पटक मन्त्री भएसँगै परिणामुखी कामको सुरूवात गरेका छन् । केही दिन पहिले जनसंख्या तथा वातावरण मन्त्री भएका उनले पाँचतारे होटल र हस्पिटलमाथि कडाइ सुरू गरेका छन् ।
उनी मन्त्री भए लगतै जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका र कानूनको पालना नगरी सञ्चालन भएका विभिन्न ११ संस्थालाई कारबाही गरेको छ । जसमा सोल्टी र द्वारिकाज होटललाई एक-एक लाख जरिवाना गराएको छ ।
वातावरणसम्बन्धी ऐन नियमको पालना नगर्ने तथा आवश्यक मापदण्ड पूरा नगरी निर्माण गरिएका वा सञ्चालन भएका होटल, अस्पताल र उद्योगलाई कारबाही तथा जरिवाना गरिएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए । त्यस्ता संस्थालाई रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना गरिएको उनले बताए ।
मन्त्रालयले आइतबार काठमाडौँको कलंकीस्थित नेपाल नेशनल हस्पिटल, महाराजगञ्जको अन्तर्राष्ट्रिय मैत्रीबाल अस्पताल, भृकुटीमण्डपको काठमाडौँ मोडेल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौँ अस्पताललाई प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) आवश्यक मापदण्ड नगरी सञ्चालन गरिएको निर्णय गर्दै कारबाहीका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिश गरेको छ ।
त्यस्तै काठमाडौँकै सोल्टी सिटी अपार्टमेन्ट, सिटी होटल लिमिटेड, काठमाडौँ गेष्ट हाउस र द्वारिकाज होटल तथा काठमाडौँ दुग्ध वितरण आयोजना, कमला रोलिङ प्रालि र अरनिको आबुखैरेनी सिमेन्ट उद्योगलाई इआइए पालनामा आवश्यक मापदण्ड पूरा नगरेको भन्दै जरिवाना गरिएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त