
प्रधानमन्त्री केपी शर्मा ओली युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विश्वकप क्रिकेट छनौट चरणमा पुग्न सफल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खडकालाई नगद सहित सम्मान गर्नुहुँदै । तस्बिर – नवीन पौडेल, रासस
काठमाडौँ, ११ फागुन – नामिबियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा उपविजेता बनेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्मान गर्नुभएको छ ।
युवा तथा खेलकुद मन्त्रयालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान तथा बिदाइ कार्यक्रममा सरकारको पूर्वघोषित कार्यक्रमअनुसार उहाँले राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई सम्मान स्वरुप जनही रु तीन लाखको चेक हस्तान्तरण गर्नुभयो ।
प्रधानमन्त्री ओलीले यस किसिमको सम्मानले खेलाडीमा अगाडि बढ्न थप हौसला प्राप्त हुने उल्लेख गर्दै क्रिकेट खेलको विकासको लागि सक्दो पहल गर्ने बताउनुभयो । उहाँले देशमा अब दिगो सरकार भएकाले खेलको उन्नति र प्रगतिमा विशेष ध्यान दिनुका साथै खेल क्षेत्रको माध्यबाट अन्तराष्ट्रिय पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउने विचार व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले हाम्रो देश प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको भन्दै आगामी योजना आर्थिक उत्पादनमा विशेष ध्यान दिने बताउनुभयो । जिम्बाबेमा यही फागुन २० गतेदेखि आयोजना हुने विश्वकप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली शनिबार राति त्यसतर्फ प्रस्थान गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विश्वकप क्रिकेट छनौट चरणमा पुग्न सफल राष्ट्रिय क्रिकेट टोलीका साथ, कार्यक्रममा सरकारले क्रिकेट टोलीका सम्पूर्ण खेलाडीलाई नगद सहित सम्मान गरेको छ । तस्बिर – नवीन पौडेल, रासस
कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडीमीले पनि क्रिकेट टोलीका प्रत्येक सदस्यलाई जनही रु एक लाख प्रदान गरयो । एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले क्रिकेट खेलको विकासको लागि क्रिकेट विकास वोर्डको आवश्यक्ता रहेको विचार व्यक्त गर्नुभयो ।
त्यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहालले खेल क्षेत्रको विकासको लागि विभिन्न स्थानमा रंगशाला निर्माण कार्य जारी रहेको भन्दै टुरिजम स्पोर्टसलाई अगाडि बढाउन मन्त्रालय लागि परेको बताउनुभयो ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्काले नेपालको नाम उच्च राख्न आफ्नो टोलीले सक्दो प्रयास गर्ने भन्दै क्रिकेट खेलको विकासका लागि प्रधानमन्त्री ओलीको कार्यकालमा थप सहयोग हुनुका साथै क्रिकेट र फुटबलको रंगशाला निर्माण हुने अपेक्षसमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा खेलाडीले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना प्रदान गरेका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग