काठमाडौँ, ११ फागुन – वाम गठबन्धनले मधेश केन्द्रित राजनीतिक दललाई सरकारमा ल्याउन पहल जारी राखेको छ ।
सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) को स्थायी कमिटीले सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) सँग थप परामर्श गरी मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेपछि दुई पक्षबीच अनौपचारिक छलफल भएको छ ।
एमाले नेतृत्वले बुधबार समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको थियो । उक्त छलफल निकै सकारात्मक बनेपछि मधेश केन्द्रित दलले उठाएका सवाललाई कसरी सम्बोधन गर्ने भन्नेबारे नेताहरुबीच छलफल जारी छ ।
आफ्नो मुख्य मुद्दा संविधान संशोधनको सुनिश्चितता भए सरकारमा जाने संकेत दिएको समाजवादी फोरमलाई सहभागिता गराउन सरकारले पनि लचकता अपनाई छलफल लम्ब्याएको छ ।
राजपालाई पनि सरकारमा सहभागी गराउने पहलस्वरुप अनौपचारिक छलफल भइरहेको स्वयं नेताहरु बताउँछन् । वाम गठबन्धनले आवश्यकता र औचित्यका आधारमा मात्र संविधान संशोधन गर्ने जनाउँदै आएकाले वार्ता निर्णायक हुन नसकेको बुझिएको छ ।
एमाले सचिव प्रदीप ज्ञवालीले मधेश केन्द्रित दललाई सरकारमा सहभागिता गराउनेबारे छलफल चलिरहेको तर कुनै निष्कर्षमा नपुगेको बताउनुभयो । दुवै पक्षका नेताहरुबीच आज पनि सामान्य कुराकानी भएको बताइएको छ ।
समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले वर्तमान सरकारमा जानेबारे सकारात्मक ढंगले छलफल भएपनि निष्कर्षमा नपुगिएको बताउनुभयो ।
यसअघि बिहीबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले रासससँग कुरा गर्दै मधेशका मुद्दालाई सम्बोधन हुनेगरी संविधान संशोधनको सुनिश्चितता भए सरकारमा सहभागी हुनसक्ने जनाउ दिनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने