काठमाडौं-विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचार गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार निरौलालाई सात वर्ष कैद, रु ८० लाख ५१ हजार ३६२ जरिवाना र बोर्डलाई रु ५४ लाख ५९ हजार ७०० बिगो तिराउने फैसला गरेको छ ।
त्यसैगरी दासलाई छ वर्ष कैद, रु ५० लाख २९ हजार ५४ हजार जरिवाना र बोर्डलाई रु २४ लाख ३७ हजार ४१५ बिगो तिराउने तथा खनाललाई रु एक लाख ५४ हजार २२४ जरिवाना र सोही बराबरको रकम बोर्डलाई बिगो तिराउने फैसला गरिएको अदालतका प्रवक्ता नागेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डका पदाधिकारी र कर्मचारीले रु एक अर्ब ३९ करोड ५० लाख ५३ हजार ७५० भ्रष्टाचार गरेको अभियोगमा निरौलासहित २३ जनाविरुद्ध विसं २०७१ चैत २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले भ्रष्टाचार अभियोग लागेका अन्य २० जनालाई भने सफाइ दिएको छ ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र