
लन्डन । बेलायतस्थित नेपाली समुदायभित्र नवप्रतिभाहरुको खोजी गर्ने अभियानमा जुटेको प्रतिभा नक्षत्रले आगामी अगस्टमा दोश्रो प्रतियोगिता गर्ने भएको छ । प्रतिभा नक्षत्रले मंगलबार सांझ प्लमस्टिडस्थित गोर्खा क्लबमा पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताको मिति र स्थान भने तय गर्न बांकी छ ।
उक्त संस्थाले सोही प्रतियोगिताका लागि आवश्यक कोष जुटाउन यही यही मार्च ३ तारिख शनिबार उलवीचस्थित मुल ग्रेभ प्राइमरी स्कुल हलमा एक रात्रीभोज समेत गर्ने भएको छ । उक्त कार्यक्रममा सहभागी भएर सहयोग गरिदिन संस्थाले अपिल गरेको छ ।
पत्रकार सम्मेलनमा प्रतिभा नक्षत्र आवद्ध पदाधिकारीले आगामी कार्यक्रमका रुपरेखाबारे अवगत गराउंदै विगतका कमी कमजोरी सुधार गरि यस पटक अझ परिष्कृत गरिने विश्वास दिलाए ।
कार्यक्रममा प्रतिभा नक्षत्रका महासचिव एवं कार्यक्रम संयोजक लछुमन गुरुङले यस वर्ष प्रतिभा नक्षत्रका लागि लन्डनबाहेक वेल्स, स्कटल्याण्ड लगायतका क्षेत्रसम्म पुगेर प्रतियोगी बटुल्ने प्रयास गरिने बताए । गायन, नृत्य, कलाकारिता सहितका जुनसुकै विद्यामा पनि विशिष्ट प्रतिभा हुनेहरुलाई कार्यक्रममा स्थान दिइने गुरुङले बताए ।
प्रतिभा नक्षत्र पहिलो संस्करणका संयोजक तथा आयोजक प्रतिभा नक्षत्रका संरक्षक मनिष कुमार श्रेष्ठले प्रतिभा नक्षत्रको दोश्रो संस्करण पहिलाभन्दा वृहत र व्यवस्थित हुने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनले बेलायतको नेपाली समुदायमा रहेको नयां पुस्तामाझ नेपाली संस्कृति र परम्परालाई जिवन्त राख्न प्रतिभा नक्षेत्र संगठन विस्तार गरिएको बताइन् । उनले आफ्ना कार्यक्रमका माध्यमबाट बेलायतमा रहेका फरक जाति, वर्ग र समुदायका नेपालीहरुबीचको एकता र सद्भाव अभिवृद्धि हुने विश्वास व्यक्त गरिन् ।
प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खसले बेलायतमा नेपाली संस्कृतिको प्रवर्धन गर्नुका साथै नयां प्रतिभाहरुलाई प्रोत्साहन गर्नु कार्यक्रमको उद्देश्य रहेको प्रकाश पारे । प्रतियोगीहरुलाई आफ्नो प्रतिभा देखाउने प्लेटफर्मका साथसाथै नेपाली भाषा, संस्कृति र परम्पराका बारेमा जान्ने र सिक्ने अवसर समेत प्रतिभा नक्षत्रले दिने खसले बताए ।
कार्यक्रमका विजेताहरुलाई यहांको समुदाय र विभिन्न मञ्चमा अवसर दिइने र उनीहरुभित्रको प्रतिभालाई थप उजागर गर्न प्रोत्साहन गरिने आयोजकले जनाएका छन् ।
प्रेस मिट कार्यक्रममा खस समाज यूकेका अध्यक्ष इन्द्र कार्की खस, साहित्यकार वासु शर्मा, रोयल ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष हरिगोविन्द गुरुङ लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रमको अवधारणा प्रशंसनीय रहेको बताए ।
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण