
लन्डन । बेलायतस्थित नेपाली समुदायभित्र नवप्रतिभाहरुको खोजी गर्ने अभियानमा जुटेको प्रतिभा नक्षत्रले आगामी अगस्टमा दोश्रो प्रतियोगिता गर्ने भएको छ । प्रतिभा नक्षत्रले मंगलबार सांझ प्लमस्टिडस्थित गोर्खा क्लबमा पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताको मिति र स्थान भने तय गर्न बांकी छ ।
उक्त संस्थाले सोही प्रतियोगिताका लागि आवश्यक कोष जुटाउन यही यही मार्च ३ तारिख शनिबार उलवीचस्थित मुल ग्रेभ प्राइमरी स्कुल हलमा एक रात्रीभोज समेत गर्ने भएको छ । उक्त कार्यक्रममा सहभागी भएर सहयोग गरिदिन संस्थाले अपिल गरेको छ ।
पत्रकार सम्मेलनमा प्रतिभा नक्षत्र आवद्ध पदाधिकारीले आगामी कार्यक्रमका रुपरेखाबारे अवगत गराउंदै विगतका कमी कमजोरी सुधार गरि यस पटक अझ परिष्कृत गरिने विश्वास दिलाए ।
कार्यक्रममा प्रतिभा नक्षत्रका महासचिव एवं कार्यक्रम संयोजक लछुमन गुरुङले यस वर्ष प्रतिभा नक्षत्रका लागि लन्डनबाहेक वेल्स, स्कटल्याण्ड लगायतका क्षेत्रसम्म पुगेर प्रतियोगी बटुल्ने प्रयास गरिने बताए । गायन, नृत्य, कलाकारिता सहितका जुनसुकै विद्यामा पनि विशिष्ट प्रतिभा हुनेहरुलाई कार्यक्रममा स्थान दिइने गुरुङले बताए ।
प्रतिभा नक्षत्र पहिलो संस्करणका संयोजक तथा आयोजक प्रतिभा नक्षत्रका संरक्षक मनिष कुमार श्रेष्ठले प्रतिभा नक्षत्रको दोश्रो संस्करण पहिलाभन्दा वृहत र व्यवस्थित हुने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनले बेलायतको नेपाली समुदायमा रहेको नयां पुस्तामाझ नेपाली संस्कृति र परम्परालाई जिवन्त राख्न प्रतिभा नक्षेत्र संगठन विस्तार गरिएको बताइन् । उनले आफ्ना कार्यक्रमका माध्यमबाट बेलायतमा रहेका फरक जाति, वर्ग र समुदायका नेपालीहरुबीचको एकता र सद्भाव अभिवृद्धि हुने विश्वास व्यक्त गरिन् ।
प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खसले बेलायतमा नेपाली संस्कृतिको प्रवर्धन गर्नुका साथै नयां प्रतिभाहरुलाई प्रोत्साहन गर्नु कार्यक्रमको उद्देश्य रहेको प्रकाश पारे । प्रतियोगीहरुलाई आफ्नो प्रतिभा देखाउने प्लेटफर्मका साथसाथै नेपाली भाषा, संस्कृति र परम्पराका बारेमा जान्ने र सिक्ने अवसर समेत प्रतिभा नक्षत्रले दिने खसले बताए ।
कार्यक्रमका विजेताहरुलाई यहांको समुदाय र विभिन्न मञ्चमा अवसर दिइने र उनीहरुभित्रको प्रतिभालाई थप उजागर गर्न प्रोत्साहन गरिने आयोजकले जनाएका छन् ।
प्रेस मिट कार्यक्रममा खस समाज यूकेका अध्यक्ष इन्द्र कार्की खस, साहित्यकार वासु शर्मा, रोयल ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष हरिगोविन्द गुरुङ लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रमको अवधारणा प्रशंसनीय रहेको बताए ।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?