
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश गोपाल पराजुलीले काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा शान्तिका प्रतीक परेवा उडाउनुहुँदै । तस्वीर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, ७ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारी ६८ औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभयो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिपरिषद् सदस्य, मुख्यसचिव, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रपति भण्डारीलाई सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश पराजुलीले शान्तिको कामना गर्दै सेतो परेवा उठाउनुभएको थियो ।
सोही अवसरमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
सोही अवसरमा नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि, तीनवटै सुरक्षा निकायबाट आकर्षक मार्चपास, उपत्यकाभित्रका विभिन्न स्थानीय तहले आ–आफ्ना सांस्कृतिक झल्किने झाँकीसमेत प्रस्तुत गरेका थिए ।
साथै राष्ट्रिय खेलकूल परिषद्का खेलाडीले आकर्षक खेल प्रस्तुत एवं सुरक्षा निकायका ब्याण्ड प्रदर्शनले कार्यक्रमलाई थप आकर्षित गराएको थियो ।

काठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा नेपाली सेनाद्वारा मार्चपास गर्दै । तस्बिर – प्रदीपराज वन्त, रासस

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने