सुर्खेत- प्रदेश नं ६ प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक आइतबार बसेको छ । नयाँ मन्त्रिमण्डल गठन भएपछि प्रदेश नं ६ को मन्त्रिपरिषद्को पहिलो बैठक बसेको हो । मन्त्रिपरिषद् बैठकले २१ वटा निर्णय पारित गरेको छ ।
जसमा प्रदेश सरकारका केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी नियमावली २०७४, प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७४ र प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ बैठकले पारित गरेको भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।
मन्त्रिपरिषद् बैठकले कर्णालीका डोल्पा र हुम्ला जिल्लामा सडक पुरयाउने पहिलो प्राथमिकता बनाएको छ । त्यस्तै बैठकले उत्तरका तीन नाका खोल्न पहल गर्ने, जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक गाउँपालिकामा एक घरेलु उद्योगको व्यवस्था गर्ने, ज्येष्ठ नागरिक देशदर्शन कार्यक्रम सञ्चालन गर्ने, हरित प्रदेश निर्माण गर्ने, कृषिमा अर्गानिक प्रदेश निर्माण गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा लगानीकर्तालाई प्रोत्साहन गर्ने रहेका छन् ।
त्यस्तै एक समूह एक सहकारी निर्माण, डिजिटल प्रदेश निर्माणलगायतका निर्णय पारित गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।
मन्त्रीहरुद्वारा पदभार ग्रहण
प्रदेश नं ६ का छजना मन्त्रीले आज आफ्नो पदबहाली गरेका छन् । आइतबार प्रदेश प्रमुख दुर्गाकेशर खनालले मन्त्रीहरुलाई शपथ खुवाएपछि मन्त्रीहरुले आइतबार अपराह्न ४ बजे आ–आफ्नो मन्त्रालयमा पुगेर पद बहाली गरेका हुन् ।
प्रदेश नं ६ मा नयाँ आउने मन्त्रीको स्वागतका लागि कर्मचारीहरु बिहानैदेखि तयार भएर बसेका थिए । यो प्रदेशको सानो आकारको मन्त्रिमण्डलको आजै शपथ गरी आजै मन्त्रालयमा पुगेर मन्त्रीले आफ्नो पदबहाली गरेका छन् ।
माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयमा नरेश भण्डारी र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयमा विमला केसीले आजै पदभार ग्रहण गरेकी छन् ।
त्यस्तै नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रकाश ज्वाला, भौतिक पूर्वाधार विकास मन्त्रालयमा खड्ग खत्री, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नन्दसिंह बुढा र सामाजिक विकास मन्त्रालयमा दल रावलले पनि आजै आफ्नो पद बहाली गरेर मन्त्रालयको कामकाज सम्हालेका छन् ।
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने